जब मान्छेले यस धर्तिमा पाईला टेक्छ, त्यसपछि उसको आमाको स्याहार सुसार पालनपोषण पश्चात समयको परिवर्तन सङ्गै उसको शारिरीक अनि बौद्धिक वृद्धि हुदै जान्छ। उसले आफ्नो आगामी जीवनमा विभिन्न राम्रा सपनाहरु देखेका हुन्छ, अनि आफ्ना जीवनका बारेमा कल्पना गरेका हुन्छ। तर सबैको पुरा भने भएको हुदैन। यस्तै म पनि आफ्नो जीवनमा बेतालको हिडाईसङ्गै याहाँ सम्म आईसकेको छु। धेरै बशन्तहरु म बाट टाढिसकेका छन्। जीवनका विभिन्न उत्तारचढावहरुमा म कयौ पटक हाँसेको छु अनि रोएको पनि छु। चाहना एकातिर अनि यथार्त अर्कोतिर, यस्तै यस्तै माझेधारहरुमा म धेरै पटक झस्केको छु अनि तर्सिएको छु। तर पनि किन किन म आफ्नो जीवन लम्ब्याउने प्रयासमा छु । अनि कहिले कठोर कठोर समयका जन्जिरहरुले बाँधिएर बाँच्नु पर्दा भित्र भित्रै उकुसमुकुस भई आफुलाई एक मरेतुल्य महशुष पनि गरेको छु। साँच्चै जीवन विचित्रकै हुदो रहेछ। कहिले आफुले जीवनलाई डोराईन्छ त कहिले आफुलाई जीवनले डोराईन्छ। जीवन एक संघर्ष हो, यो धुर्बसत्य कुरा हो। सायद त्यसैले होला म पनि आफ्नो जीवन संघर्ष बाट टाढिन सक्दिन। हो म आफ्नो जीवन संघर्षलाई युद्धको उपमा दिएको छु। जहाँ हार र जीतको सवाल त हुन्छ नै तर हार्ने नियत लिएर त कोहि पनि युद्धमा सहभागी हुदैन। जीत नै हुन्छ भन्ने पनि कुनै ग्यारेन्टी हुदैन।
समयको निष्ठुरी परिश्थितिलाई आखिर कसलेपो नकार्न सक्छर। किनकी यी समय कसैको पनि वशमा हुदैन। त्यसैले नचाहेको मोडमा पुग्नुपर्ने अवस्था या बिवस्थाहरु त सायद एउटा जिन्दगीको प्रक्रियानै हो। यस्तै समयको परिवर्तन अनि जिन्दगीको दौरान सङ्गै आज म आफ्नो घर परिवार अनि समाज देश छाडेर यस मरुभुमीमा संघर्षको जीवन बिताईरहेको छु। हुनत आफ्नो घर परिवार समाज देशलाई छाडेर एक्लै टाढा बस्ने ईच्छा त कसलाईपो हुन्छ होलार तर पनि आफ्ना जीवनमा आउने विभिन्न समस्याहरुको समधान सँगै उज्वल भविष्यको मिठो कल्पना बोकेर आज याहाँ सम्म आईपुगेको छु, भोली कहाँ पुग्नेछ। समयको चक्रव्युहमा मान्छेको जिन्दगी घुमीरहेको हुन्छ। कुन बेला कहाँ पुग्ने हो, कहाँ गएर जीवनको यात्रा टुंगिनेछ कसैलाई पनि थाहा हुदैन।
सुबाश श्रेष्ठ दोहा कतार
Ramro rachana. Thanks for sharing it.
ReplyDelete