देशले माग्दा तिम्रो साथ भाग्ने कोशिश नगर है,
गाउँका जमीन बाँझो छोडी तल बेशी नझर है।
जुन ठाउँमा जन्मे हुर्के त्यहिँ ठाउँको माया मारी,
बिना पुल एक्लै तिमी साउने भेल नतर है ।
परे देखि देशको लागि ज्यानै पनि दिनु पर्छ,
डराएर खुट्टा कमाई पछि पछि नसर है।
विरताले भरिएका स्वाभिमानी नेपाली हो ,
आफ्नो लागि आफै गरौ अरुको भर नपर है ।
देखाउनु छ संसारलाई नेपालीको ठाडो शिर,
पौरखीको छाती भित्र निराशाले नभर है ।
No comments:
Post a Comment
कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।