साँझ बिहान् चारैतिर, तिम्रो मुहार देख्न थालेँ
झनै याद बढ्न थाल्यो, अनि गजल लेख्न थालेँ।
ऐना हेर्दै तिम्रो यादमा, कल्पनामा डुब्दै थिएँ
लाज लाग्यो आफ्नै मुहार, हत्केलाले छेक्न थालेँ।
ज्यान मात्र यता थियो, मन वचन तिमी तिरै
बेहोसीमा काँडा सोची, फूल समेत फेक्न थालेँ।
अझ मनमा माया बढ्दै, मुटु जल्न थालेपछि
तिम्रो चोखो त्यही मायाले, मुटुभित्र सेक्न थालेँ।
तिमीलाई भेट्ने आशमा, यताउति घुम्दा घुम्दै
कहाँ भ्याउनु बाटो हेर्न, काँडा माथि टेक्न थालेँ।
No comments:
Post a Comment
कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।