अभागी कान्छा गाउँले
जिन्दगीको एउटा कथा, लेख्दै थिए आज !
हर अक्षरमा उनैलाई, देख्दै थिए आज !!
शब्द-शब्द लेख्दै गए, नयनलाई रुझाई
सपनीमा उनको बाटो, छेक्दै थिए आज !!
मन रोयो भक्कानिएर, तस्बिर पत्र जलाए'सी
रुझेका यी नयनलाई, सेक्दै थिए आज !!
जन्ती आए डोली संगै, लागे सारा खुशीहरु
सम्झनामा आफैलाई, टेक्दै थिए आज !!
Drona Kumar Shrestha
Microchip Computer & marketing
Doha Qatar
No comments:
Post a Comment
कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।