यो मायाको बदलामा छुरी लिई आयौ किन?
कहिल्यै पनि नभेटिने दुरी लिई आयौ किन?
तिम्रो साथ पाउँदा खेरी सम्हाले थेँ आफैलाई
तर आज मन् उडाउँने हुरी लिई आयौ किन?
मनको भोको भए पछि पेट भरेर के गर्नु र!
माया माग्दा पेट भर्ने पुरी लिई आयौ किन?
भर्खरै त जग हाली बढ्दै थियो हाम्रो माया
तर तिमी एकै चोटी धुरी लिई आयौ किन?
थाहै रैछ तिमीलाई त हाम्रो साथ छुट्ने कुरा
लगनको सिन्दूर पोते चुरी लिई आयौ किन?
सुबाश सर यो गजल तपाईंकै हुनु पर्छ रचनाकार को नाम पनि खुलाउनु होला |
ReplyDeleteप्रतिकृयाको लागि धन्यवाद संजयजी, यो मेरो आफ्नै गजल हो। अन्य गजलहरु सबै रचनाकारको नामको साथमा प्रकाशित गरेको छु। मेरो आफ्नो गजल चाही कुनैमा नाम लेखेको छु कुनैमा लेखेको छैन।
ReplyDeleteसुबाश जी छुटाउनु भएको होला नाम राख्न यस्तो हुन् सक्छ | मेरो चिन्ता भनेको भोलि कसैले चोरेर कुनै वेब साइड वा मिडिया मा दियो भने हामी तल पर्न सक्छौ मेरो यहि हो चिन्ता | धन्यबाद सर हजुर ले सुधार गर्नु भएको छ |
ReplyDelete