सुवास श्रेष्ठ गोरखा
नबोल भन्छु चर्केको चर्क्यै गरेको किन हो
नहेर भन्छु फर्केको फर्क्यै गरेको किन हो।
यो झरी बर्षा जाडो भो भन्दा झन् यता आएर
त्यो चिसो पानी छर्केको छर्क्यै गरेको किन हो।
न सुन्छौ कुरा न गर्छौ काम जिद्धी त कति हो
तिमी नै फेरी झर्केको झर्क्यै गरेको किन हो।
जे हुनु भयो बितेका कुरा ति सबै भुलेर
बस न भन्दा तर्केको तर्क्यै गरेको किन हो।
शिर् ठाडो पारी अगाडि बढ भन्दा नि तिमी त
भुईतिर मात्रै लर्केको लर्क्यै गरेको किन हो।
No comments:
Post a Comment
कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।