घायलको तरही मुसायरा भाग-१९
म रुँदामा तिमी त्यहाँ हाँस्न चाहन्छौ।
यता छोडी उता नाता गाँस्न चाहन्छौ।
यसै पनि भएको छु बिना खुट्टाको
अझै तिमी हात पनि भाँच्न चाहन्छौ।
सयौ जुनी साथ दिने वाचा भुलेर
म बिना के तिमी एक्लै बाँच्न चाहन्छौ।
अझै पनि नयाँ नयाँ गर्छौ बहाना
यस्तो गर्दै जिन्दगी नै माँस्न चाहन्छौ।
यस्तो लाग्छ आजभोलि तिम्रो चाहना
तिमी मेरो लाश माथि नाँच्न चाहन्छौ।
No comments:
Post a Comment
कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।