संजय कुमार खड्का
दशैँ आयो बर्ष दिनमा हुनेलाइ त माल भयो
कस्तो खाल्को चाड हो यो नहुने लाइ काल भयो ||
बुढी आमा बाटो हेर्दै कहिले आउने दिन गनी
तिम्रो अर्ति लिन पाइन आज यस्तो हाल भयो ||
परम्परा धानी राख्न दशैँ मानौ उल्लास ले
राम्रा लुगा लाउने कस्ले होडबाजी चाल भयो ||
द्वन्द कालमा दशैँ मान्न नपाएका हामि सबै
हाँसी खुशी आनन्दले मान्ने अहिले साल भयो ||
बाध्याता र बिबश ले परदेश भए पनि
दशैँ मान्नु राम्रो सँग रातो टिका लाल भयो ||
संजय कुमार खड्का
हाल : साउदीअरब
रामेछाप देउराली -८
No comments:
Post a Comment
कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।