सुवास श्रेष्ठ
गुलाबले रक्षा गर्ने काँडालाई नै छोड्न थाले
के होला खै माली पनि फूल मात्रै गोड्न थाले।
महत्वनै के हुन्छ र मगमगाउने फूल पनि
रस चुस्ने भमराले अन्तै नाता जोड्न थाले।
व्यार्थै होला पूर्णिमाको प्रतिक्षामा बस्न पनि
चन्द्रमाले बादलुको घूम्टो मात्रै ओढ्न थाले।
कसले मान्छ देउता यहाँ विश्वास नै उठेपछि
पूजारी नै मन्दिरको मुर्तीलाई तोड्न थाले।
यो संसारमा मान्छेबाट भरोसानै उठ्छ सायद
आफन्तनै साथ छोडी बाटो अन्तै मोड्न थाले।
No comments:
Post a Comment
कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।