गुलाबको फूल हेर, काँडा बिचमा बस्दापनि
सबैलाई खुशी दिन्छ, स्वयम आफु फस्दापनि।
संसारलाई ज्योति छर्छ, अँधेरोमा बसी आफु
आगो रापले मैन पग्ली, थोपा थोपा खस्दापनि।
गुलाब जस्तै खुशी देउ, मैन भई ज्योति छर्दै
भाग्नु हुन्न बाटो बिराई, बैरी आई डस्दापनि।
अझ धेरै बाँकीनै छ, जिन्दगीको यात्रा हाम्रो
छोड्नु हुन्न आफ्नो लक्ष्य, गलापासो कस्दापनि।
आफ्नो साथ रित्तिए नि, निराशाले भर्नु हुन्न
जोगी भई अनुहारमा, खरानी नै घस्दापनि।
No comments:
Post a Comment
कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।