तिमी बिना दिन पनि रात लाग्न थालेको छ
एक्लो हुदाँ बिना गल्ती बात लाग्न थालेको छ।
सबै सोध्छन् तिम्रो कुरा म आफैलाई थाहा छैन
जवाफ छैन सवालहरु खात लाग्न थालेको छ।
गरेका ति वाचाहरु तिम्ले बिचमै तोडे पछि
जो बोलेनी आजकाल त घात लाग्न थालेको छ।
शुन्य लाग्छ तिम्रो साथमा रमाएका फूलबारी
रंगीचंगी ति फूल फुस्रो पात लाग्न थालेको छ।
कहाँ भागे भोक तिर्खा नत लाग्छ रातमा निन्द्रा
बिना नशा तिम्रै यादको मात लाग्न थालेको छ।
No comments:
Post a Comment
कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।