सुबास श्रेष्ठ
आजभोलि किन तिमी टाढिएझै लाग्न थाल्यो
तिम्रो माया अन्तैतिर बाँडिएझै लाग्न थाल्यो।
अन्जानैमा मैले कुनै ठूलै गल्ती गरेँ कि त
किन किन तिम्रो मन भाँडिएझै लाग्न थाल्यो।
लक्ष्य लिनु चन्द्र छुने भन्ने विचार राख्ने मान्छे
आज आफै खाल्डोभित्र गाडिएझै लाग्न थाल्यो।
तिमी बिना तड्पिएर बाँच्नु पर्दा यो जिन्दगी
कुल्चिएर फूलको थुंगा माडिएझै लाग्न थाल्यो।
समाएको हात पनि बिच बाटोमै छुट्न लाग्दा
जिन्दगीको सारा खुसी ढाडिएझै लाग्न थाल्यो।
त्यो मायाको भुमरीमा घुम्दाघुम्दै मेरो जीवन
हुत्याएर किनारामा छाडिएझै लाग्न थाल्यो।
सारा खुसी रित्तिएर यो जिन्दगी उजाड हुँदा
डढेलोले खाएको बन फाडिएझै लाग्न थाल्यो।
फेसबुक नोटमा पढ्नको लागि यहाँ क्लिक गर्नुस्।
No comments:
Post a Comment
कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।