सुवास श्रेष्ठ गोरखा
आफू जल्दै ज्योति छर्ने बत्ती बन्नुपर्छ
तेरो मेरो भन्न छोडी हाम्रो भन्नुपर्छ।
सँगसँगै जन्म्यौ हामी सँगै अघि बढ्यौ
निरंकुशता बिरुद्धमा सँग सँगै लड्यौ।
फेरी किन खेल्छौ आफै हार्नु पर्ने खेल
जिन्दगी भर हिड्ने बाटो बार्नु पर्ने खेल।
पैतालाका धूलो माटो हातमा राखी हेर
यो देशको मायालाई आँतमा राखी हेर।
जन्मभूमि कस्तो हुन्छ अनि थाहा हुन्छ
पराईले नजर लाउँदा समेत डाहा हुन्छ।
No comments:
Post a Comment
कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।