घायलको तरही मुसायरा भाग-२१
सुवास श्रेष्ठ
न त खाने अन्न केही न त नयाँ भोटो थियो।
के भन्नु खै अरुलाई मेरै कर्म खोटो थियो।
बिहानीको मिर्मिरेमा घर छोडी हिड्नु पर्थ्यो
गन्तव्यमा पुग्ने बाटो कहाँ त्यति छोटो थियो!
आँखभरि आँसु पार्दै आफन्तको साथ छोडी
बिदा गर्न सजाएका करुवा र लोटो थियो।
तिहारको त्यो बेलामा बिना टिका बाटो लाग्दा
दिदीको त्यो उपहार सम्झनामा फोटो थियो।
भुल्दै रैछु आफ्नै माटो पसिनाले सिच्ने कुरा
त्यो बेलामा मेरो बुद्धि किन त्यति मोटो थियो!
No comments:
Post a Comment
कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।