सुवास श्रष्ठ
घायलको तरही मुसायरा भाग-२४
सँगै यात्रा गर्न साथ माग्या थिएँ तिमीसँग
रुँदा आँसु पुछ्ने हात माग्या थिएँ तिमीसँग।
यो जिन्दगी अँध्यारोमा बित्ने होकी भनेर नै
चाँदनीको नौलो रात माग्या थिएँ तिमीसँग।
सोचेको थेँ यौटा कुरा हुन गयो तर अर्कै
भन मैले कहाँ घात माग्या थिएँ तिमीसँग?
गाउँ भरि हाम्रो बारे हल्ला चल्न थालेपछि
देखावटी मात्र लात माग्या थिएँ तिमीसँग।
नबुझे कै होकी तिम्ले नबुझे झै गरेका हौ
सधै भरि मीठो बात माग्या थिएँ तिमीसँग।
No comments:
Post a Comment
कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।