सुवास श्रेष्ठ
धेरै रैछन् यहाँ एक्लो जीवन बाँच्नेहरु पनि
सुख छोडी दु:ख सँग नाता गाँस्नेहरु पनि।
दु:खपर्दा आँसु झारी रुन्छन् भन्थे मान्छेहरु
देखेँ आज काँडै काँडा बिचमा हाँस्नेहरु पनि।
स्वार्थै स्वार्थ माझपनि बाँकी रैछ अझ कोही
पराईकै निम्ती मनमा खुसी साँच्नेहरु पनि।
कति सुन्दर हुन्थ्यो बाग काँडामात्रै गोडे अझ
तर अघि सर्छन् र पो फूल भाँच्नेहरु पनि।
मेरो मनले यस्तै यस्तै कुरा सोच्ने गर्छ सधै
मान्छे नै हुन् रोगी अनि रोग जाँच्नेहरु पनि।
संसारका सबैजना यस्तै सोचाई राखे हुन्थ्यो
चोखो माया मनमा साँच्ने अनि माँस्नेहरु पनि।
No comments:
Post a Comment
कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।