Saturday, January 8, 2011

''गजल''

आउ बस मेरो साथमा बस्ने बास छैन भने,
जीवनयात्रा एक्लै अघि बढ्ने आश छैन भने।

विगतका ति सबै कुरा बिर्सिएर आउ भन्दा,
किन पार्छौ मन दोधार अरु खास छैन भने।

मीठो पिठो जे भएनि बाँडीचुडी खाउँला सँगै,
पिर नगर यदि मुखमा हाल्ने गाँस छैन भने।

जिन्दगीको हाम्रो यात्रा शुरुवात नै भएपनि
केही हुदैन सँगै बस्दा मल मास छैन भने ।

आफ्नै पाखा पखेरोमा दु:ख सुख बाड्नुपर्छ,
यो नेपालको कानुनमा अब दास छैन भने।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।