मेरो बारेमा

जब मान्छेले यस धर्तीमा पाईला टेक्छ, त्यसपछि उसको आमाको स्याहार सुसार पालनपोषण पश्चात समयको परिवर्तन सँगै उसको शारिरीक अनि बौद्धिक बृद्धि हुदै जान्छ। उसले आफ्नो आगामी जीवनमा विभिन्न राम्रा राम्रा सपनाहरु देखेका हुन्छ, अनि आफ्ना जीवनका बारेमा कल्पना गरेका हुन्छ। तर सबैको पूरा भने भएको हुदैन। यस्तै म पनि गोरखा जिल्लाको यौटा गाउँमा जन्मेर जिन्दगीमा बेतालको हिडाई सङ्गै आज याहाँ सम्म आईसकेको छु। धेरै बशन्तहरु म बाट टाढिसकेका छन्। जीवनका विभिन्न उत्तारचढावहरुमा म कयौ पटक हाँसेको छु अनि रोएको पनि छु। चाहना एकातिर अनि यथार्थ अर्कोतिर, यस्तै यस्तै माझेधारहरुमा म धेरै पटक झस्केको छु अनि तर्सिएको छु। तर पनि किन किन म आफ्नो जीवन लम्ब्याउने प्रयासमा छु । अनि कहिले कठोर कठोर समयका जन्जिरहरुले बाँधिएर बाँच्नु पर्दा भित्र भित्रै उकुस मुकुस भइ आफुलाई एक मरेतुल्य महशुष पनि गरेको छु। साँच्चै जीवन विचित्रकै हुदो रहेछ। कहिले आफूले जिन्दगीलाई डोराईन्छ त कहिले उल्टै आफूलाई यो जिन्दगीले डोर्याएर लैजान्छ। जीवन एक संघर्ष हो, यो धुर्बसत्य कुरा हो। सायद त्यसैले होला म पनि आफ्नो जीवन संघर्ष बाट टाढिन सक्दिन। मैले आफ्नो जीवन संघर्षलाई युद्धको उपमा दिएको छु। जहाँ हार र जीतको सवाल त हुन्छ नै तर हार्ने नियत लिएर त कोही पनि युद्धमा सहभागी हुदैन। अनि जीत नै हुन्छ भन्ने पनि कुनै ग्यारेन्टी हुदैन। समयको निष्ठुरी परिश्थितिलाई आखिर कसले पो नकार्न सक्छ र। किन कि यो समय कसैको पनि वशमा हुदैन। त्यसैले नचाहेको मोडमा पुग्नुपर्ने अवस्था या बिवस्थाहरु त सायद एउटा जिन्दगीको प्रक्रियानै हो। यस्तै समयको परिवर्तन अनि जिन्दगीको दौरान सँगै तपाईँहरुको माया ममताले गर्दा नै आज म तपाईँहरु समक्ष छु, भोलि कहाँ पुग्नेछ र कहाँ गएर यो जिन्दगीको अन्त्य हुनेछ त्यो त कसैलाई पनि थाहा हुदैन। समयले साथ दिएसम्म विभिन्न नयाँ नयाँ नेपाली साहित्य रचनाहरु लिएर म सधै तपाईँहरु समक्ष उपस्थित हुनेनै छु। मेरो रचनाहरु मन पराएर माया गरिदिनु हुने यहाँहरु सबै जनालाई धन्यवाद दिदै पछिका दिनहरुमा पनि तपाईँहरुको माया,सल्लाह र सुझाव पाईरहने आशा गर्दछु।

सुवास श्रेष्ठ गोरखा नेपाल।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।