Wednesday, July 7, 2010

"गीत"(मलाई माथी बोलाएर किन गयौ तल)

मलाई माथी बोलाएर किन गयौ तल, 
कुन दिनको बदलामा गर्छौ यस्तो छल । 

मुखले माया गरे जस्तो भित्र राख्छौ छुरा, 
कसो गरी बुझ्नु मैले तिम्रो मनको कुरा । 
आउछौ भनि पर्खी बसे गन्दै एक एक पल, 
मलाई माथी बोलाएर किन गयौ तल । 

तिमीलाई माया गर्छु भन्दै मनभित्र छिर्यौ, 
माया गरे जस्तो गरी छाती मेरो चिर्यौ । 
त्यों पीडाले बगिरहन्छ आँखाभरी आँशु भल, 
कुन रिसको बदलामा गर्छौ यस्तो छल । 

मलाई माथी बोलाएर किन गयौ तल, 
कुन दिनको बदलामा गर्छौ यस्तो छल ।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।