Wednesday, April 20, 2011

''गजल''

थाहा थियो म हाँसेमा तिम्रो मुटु जल्ने कुरा।

मैले शिखर टेक्दाखेरी तिम्रो शिर ढल्ने कुरा।


म हाँसेर तिम्रो आँसु झार्ने ईच्छा कहाँ होर

यो त सबै समयको गती सँगै चल्ने कुरा।


पाईदैन हाँसो खुसी अरु सँग डाहा गर्दा

यो त हाम्रो धर्म अनि कर्म सँगै फल्ने कुरा।


त्यति साह्रै अज्ञानी त तिमी पनि थिएनौ नि

थाहा हुनु पर्ने थियो समयले छल्ने कुरा।


संसारमा सधै भरि एकनासको कहाँ हुन्छ

याद राख्नु सबै कुरा कुनै दिन त गल्ने कुरा।



No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।