Tuesday, April 26, 2011

''गजल''

हाँसो जति तिमी राख आँसु मलाई दिए हुन्छ
याद आए मेरो फोटो सबै जलाई दिए हुन्छ।

आगो बाली सल्काउँदा तिम्रो हात काप्छ भने
होलानी त साथीसँगै उसलाई सलाई दिए हुन्छ।

मेरो यादमा राखेका ति जति पनि सामानहरु
नाली भित्र पानी सँगै सबै गलाई दिए हुन्छ।

पिपलुलाई साक्षीराखी गरेकाथ्यौ वाचा कसम
त्यो पिपलको रुख पनि अब ढलाई दिए हुन्छ।

त्यो समाजले सुवाश भन्दै खोजी गर्न थाले भने
संसारबाटै गयो भन्दै हल्ला चलाई दिए हुन्छ।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।