Tuesday, April 26, 2011

घायलको तरही मुसायरा ''भाग-७''

मैले गर्दा तिम्रो छाती भित्र जल्छ भने

एक्लै बस्नु म बिनानै दिन चल्छ भने।


सोच्दा रैछौ मैले गर्दा अँध्यारो भो यहाँ

बस्ती छाडी हिंडी दिन्छु दियो बल्छ भने।


एकै साथ वर्षा अनि हुरी चल्दा पनि

दोष मेरै बिजुलीको पोल ढल्छ भने।

उकालीमा तिमी सँगै हिड्दा खेरी मैले

हुनसक्छ गल्ती मेरै खुट्टा गल्छ भने।


चाहना त थियो मेरो सँग सँगै रम्ने

टाढा हुन्छु भाग्यले नै यस्तो छल्छ भन।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।