December 12 2011
तिम्रो रुप लाग्छ मलाई पूर्णिमाको जून जस्तो
मधूर त्यो बोली सुन्दा बाँसुरीको धून जस्तो।।
सधैभरि तिम्रै नजिक हुन मन लाग्छ मलाई
एकै छिन टाढा हुँदा रुन मन लाग्छ मलाई।।
मुटु अलग तर हाम्रो लाग्छ एउटै खुन जस्तो
त्यसैले त तिम्रो बोली लाग्छ मीठो धून जस्तो।
लाग्छ कहिले तिम्रो मनमा फूलबनि बस्न पाउँ
अन्जानैमा गरिएछु भूल भनि फस्न पाउँ।।
तिमी साथमा हुँदा लाग्छ तारा सँगै जून जस्तो
शिशिरको तुसारोमा न्यानो पार्ने ऊन जस्तो।।
तिम्रो रुप लाग्छ मलाई पूर्णिमाको जून जस्तो
मधूर त्यो बोली सुन्दा बाँसुरीको धून जस्तो।।
October 4 2011
आफू जल्दै ज्योति छर्ने बत्ती बन्नुपर्छ
तेरो मेरो भन्न छोडी हाम्रो भन्नुपर्छ।
सँगसँगै जन्म्यौ हामी सँगै अघि बढ्यौ
निरंकुशता बिरुद्धमा सँग सँगै लड्यौ।
फेरी किन खेल्छौ आफै हार्नु पर्ने खेल
जिन्दगी भर हिड्ने बाटो बार्नु पर्ने खेल।
पैतालाका धूलो माटो हातमा राखी हेर
यो देशको मायालाई आँतमा राखी हेर।
जन्मभूमि कस्तो हुन्छ अनि थाहा हुन्छ
पराईले नजर लाउँदा समेत डाहा हुन्छ।
Saturday, September 24, 2011
फूल छँदै टिप्यौ किन फल्न दिनु पर्थ्यो
अँध्यारोमा दियो बनि बल्न दिनु पर्थ्यो।
बगरको ढुङ्गा जस्तै माया भनि तिमी
हराँउँदैछौ अँध्यारोको छाँया बनि तिमी।
माया बुझ्न मन भित्र चल्न दिनु पर्थ्यो
दियो बनि अँध्यारोमा बल्न दिनु पर्थ्यो।
बुझ्ने कोसिस् गरेनौ खै भित्री मनको कुरा
बोली पिच्छे हुन्छ तिम्रो मात्र धनको कुरा।
फल खोज्नेले फुले पछि फल्न दिनु पर्थ्यो
हतारैमा खान खोज्छौ गल्न दिनु पर्थ्यो।।
फूल छँदै टिप्यौ किन फल्न दिनु पर्थ्यो
अँध्यारोमा दियो बनि बल्न दिनु पर्थ्यो।
Friday, September 23, 2011
दु:ख पर्दा टाढा भाग्ने हाँसो भन्दा बरु
यही आँसु ठीक छ मलाई चाहिदैन अरु।
साथीपनि यस्तै रैछ हाँस्दा मात्रै साथमा
दु:ख पर्दै गए पछि केही हुदैन हातमा।
दुई दिनको लागि मात्रै हाँसो के नै गरु
यही आँसु ठीक छ मलाई चाहिदैन अरु।
यौटा आउँछ मनको पीडा अझै ठूलो पार्न
अर्को आउँछ आँखाबाट आँसु धारा झार्न।
एक्लै ठीक छ यस्तो साथी हुनु भन्दा बरु
दु:ख पर्दा एक्लै छाडी टाढा भाग्ने हरु।
दु:ख पर्दा टाढा भाग्ने हाँसो भन्दा बरु
यही आँसु ठीक छ मलाई चाहिदैन अरु।
Wednesday, September 21, 2011
हाँसी खुसी बाँच्नु तिमी म छिट्टै नै मरेपनि
हाम्रो प्रेम निशानी त्यो फुल्न नपाई झरेपनि।
हाम्रो माया यस्तै भयो लेखान्तमै थिएन की
दैवले नै हाम्रो रहर पूरा हुन दिएन की।
यस्तो लाग्छ दैव पनि पक्षपाती भयो कि त
हाम्रो जोडी लेख्ने बेला अन्तै छुट्न गयो कि त।
आफ्नो भाग्य आफैले नै लेख्न पनि सकिएन
बिछोडका दिन कैले आए देख्न पनि सकिएन।
टाढै बाट भए पनि तिम्रो मनमा बास पाए
त्यसैमा नै खुसी हुन्छु बाँच्ने थोरै आश पाए।
हाँसी खुसी बाँच्नु तिमी म छिट्टै नै मरेपनि
हाम्रो प्रेम निशानी त्यो फुल्न नपाई झरेपनि।
सुवास श्रेष्ठ गोरखा।
No comments:
Post a Comment
कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।