Saturday, December 24, 2011

''गजल''

सुबास श्रेष्ठ

दुबै आगो आगो भए जल्न सक्छ यो जिन्दगी
पानी पानी भए पनि गल्न सक्छ यो जिन्दगी।

त्यसैले त एउटा आगो अर्को पानी बन्नु पर्छ
अनि मात्रै राम्रोसँग चल्न सक्छ यो जिन्दगी।

सधै भरि एक आपसमा रिस राग पाल्न थाले
सोचेभन्दा अगाडिनै ढल्न सक्छ यो जिन्दगी।

भन्छन् सबै रिसले आफू रसले खान्छ अरुलाई
त्यसैले त आफैलाई छल्न सक्छ यो जिन्दगी।

स्वच्छ मन र विचारले जीवन यात्रा बढाएमा
अँधेरोमा ज्योति बनि बल्न सक्छ यो जिन्दगी।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।