Saturday, December 24, 2011

''गजल''

सुबास श्रेष्ठ

घायलको तरही मुसायरा भाग-२९

मैले केही चुन्न पर्दा तिम्रै माया चुन्छु नि म
जुनी जुनी नछुटिने मायाजाल बुन्छु नि म।

नयाँ अनि हाम्रो यौटा छुट्टै संसार बनाएर
हाँस्दा तिमी सँगै हाँस्छु रुँदा सँगै रुन्छु नि म।

हाम्रो बिचमा छेक्ने अग्लो पहाड नै आएपनि
तिम्रो बोली छातीभित्र ढुक्ढुकीमा सुन्छु नि म।

केही दिन टाढा हुँदा मन दुखाउनु हुन्न हेर
हामी बिचको दूरी जोड्ने यौटा माला उन्छु नि म।

छाँया हुँ नि म त तिम्रो कहाँ सक्छु एक्लै हुन
त्यसैले त जहाँ तिमी त्यही त्यही हुन्छु नि म।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।