अन्य लेखहरु

Monday, October 3, 2011

कथा

किरण र सुमन यौटै गाउँमा जन्मे हुर्केका अनि बाल्यकाल देखि स्कूल जीवन हुदै कलेजसम्म पनि एकदम मिल्ने साथी। उनिहरुको समान उमेर भएको कारणले पनि होला दुबैजना जहाँ गएपनि जे गरेपनि सँगै हुने गर्दथ्यो। उनिहरु दुई बिचको सबै कुराहरु समान भएपनि पढाईमा भने किरण सुमन भन्दा अब्बल मानिन्थ्यो। किरण क्लासमा सधै राम्रै अङ्क ल्याएर पास हुन्थ्यो भने सुमन जेनतेन पास हुदै कलेज यात्रासम्म पनि उनिहरुको साथ भने छुटेनन्। समयको परिवर्तन सँगै किरण नयाँ नयाँ कुराहरु जान्न बुझ्नमा बढी रुची राख्न थाल्यो भने सुमन बिलासित जीवनप्रति बढी आकर्षित हुन थाल्यो। उनिहरुका बिचमा देखा परेका यस्ता असमान रुचीको बाबजुद पनि दुई बिचको मित्रतामा भने कुनै असर परेको थिएन। यसरी नै उनिहरुको कलेज
बाँकी पढ्नुस्.......




Friday, September 23, 2011

गजल सम्बन्धी बहस

मलाई सबैभन्दा मनपर्ने विद्या गजल अनि यसै गजल सम्वन्धी फेसबूकमा बहस भएको देख्दा र सबै सर्जकहरुको गजल प्रतिको मोह देख्दा खुसी लाग्छ। हामीले यसरीनै कुनैपनि विषयको एक आपसमा बहस मार्फत गजलको सैद्धान्तिक विषयमा कुनै एउटा निचोड निकाल्नु पर्छ। हामी कुनैपनि काम व्यवहारमा होईन बोलीमा मात्रै केन्द्रित गर्छौ। सायद त्यसैले नै होला हाम्रो नेपाली गजलले हामीले सोचे जस्तो गति पाउन नसकेको। म गजलको कुनै विज्ञ त होईन। अहिले सम्म गजल सम्वन्धी धेरै कुराहरु सिक्न बाँकीनै छ, अनि सिक्दैछु तपाईँ सर्जकहरु मार्फत। फेसबूकको भित्तामा कयौ साथीहरु देखिन्छन् जसको गजल सम्बन्धी रचनाहरु हेर्दा लाग्छ, उनिहरु गजलको सैद्धान्तिक विषयमा राम्रो सँग बुझेर भन्दापनि होडबाजीको रुपमा मात्रै लेखेको जस्तो गर्छन्। गजल वा कुनैपनि साहित्यिक रचना कोर्नु आफैमा राम्रो भएपनि सामान्य तय त्यसको संरचना अनि सैद्धान्तिक नियमको बारेमा धेरै थोरै जानकारी हुन जरुरी हुन्छ।

अनि यस क्षेत्रमा भर्खर पाईला राखेका नयाँ नयाँ सर्जकहरुको फेसबूकको भित्तामा टाँसिएका कतिपय गजल रचनाहरुमा सर्जकहरुको प्रतिकृया देख्दा लाग्छ, उहाँहरु रचनाको बारेमा सही मुल्याङ्कन गर्नु भन्दापनि आफ्नो कर्तव्य निभाएको मात्रै भान हुन्छ। गजल होस् या कुनैपनि साहित्य सिर्जनाहरु लेख्दा गल्ती त हुन्छनै, कतिपय गल्ती कमजोरीहरु नजानेर गरिन्छ भने कति गल्तीहरु जान्दा जान्दैपनि लेख्ने क्रममा भुल वश हुन्छ जान्छ। त्यसैले त सर्जकहरुको सही मुल्याङ्कन अनि सल्लाह सुझाव पाउँने आशामा सबै सर्जकहरुलाई आफ्ना आफ्ना रचना ट्याग गरेका हुन्छन्। तर कतिपय सर्जकहरुबाट बिना अध्यायन राम्रो छ वा नराम्रो भन्ने मात्रै प्रतिकृया दिदै लाईक बटन थिच्छन् भने कति रचनाहरुमा देखिएका गल्ती कमी कमजोरीहरु औल्याउँदा केही क्षणामा त्यो प्रतिकृयानै डिलिट भएको पनि देखेको छु फेसबूकको भित्तामा। यदि हाम्रा अग्रजहरुले कहाँ कुन के कारणले मिलेन, सही मुल्याङ्कन गरिदिए उसले पनि सुध्रिने मौका पाउँनेछ। अनि हामी यस क्षेत्रमा भर्खर पाईला राख्ने सर्जकहरुले पनि अग्रजहरुको सुझाव अनुसार आफ्नो रचनालाई परिमार्जन गर्दै जाने हो भने हाम्रो यस नेपाली साहित्यले छिट्टै प्रगतिको पथमा पाईला अगाडि बढाउने थियो। हामीले सय जनाको तालीमा मख्ख परेर बस्नुभन्दा एकजनाको गालीमा आफ्नो ध्यान केन्द्रित गर्दै आफ्नो कमजोरी के हो त्यसलाई सुधार गर्नतिर लाग्नुपर्छ।

कुनैपनि कुराको विकास गर्नको लागि आफु एक्लै अगाडि बढेर हुदैन, त्यसको लागि आफुसँग यात्रा गर्ने सहयात्रीलाई पनि सँगै लिएर अघि बढ्नुपर्छ। जानेको छैन भन्दै झन् संकोच मानेर बस्ने हो भने हामीले कहिल्यै कुनै पनि कुराहरु सिक्न सक्दैनौ न त कुनै प्रगति गर्न नै सक्छौ। कुनैपनि कुरा नजान्ने हाम्रो समस्या भन्दापनि जान्न नचाहने ठूलो समस्या हो। त्यसैले आउनुस् तपाईँ हामी सबै मिलेर नेपाली गजलको बारेमा बहस गरौ। सिक्दै र सिकाउँदै बहस मार्फत नेपाली गजललाई नयाँ उचाईमा पुर्याउन सकिनेछ भन्ने मैले आशा गरेको छु। यसको लागि बढि भन्दा बढि यहाँहरुको सहभागिता होस् भन्ने चाहन्छु। धन्यवाद।।
गजल सम्बन्धी जानकारी चाहिएमा यहाँ क्लिक गर्नु्स्।

सुवास श्रेष्ठ गोरखा।