Wednesday, October 19, 2011

''गजल''

सुवास श्रेष्ठ गोरखा

रुने बानी पर्यो सधै हाँस्नलाई नै बिर्सिएछु
खुसीसँग आफ्नो नाता गाँस्नलाई नै बिर्सिएछु।

खुसी डाँडापारी भई दु:ख आफ्नो साथी हुदाँ
चोट दिने काँडा पनि भाँच्नलाई नै बिर्सिएछु।

यो मायाको फूलबारीलाई गोड्नुपर्छ भन्दाभन्दै
बिनाकामका झारहरु माँस्नलाई नै बिर्सिएछु।

तिम्रो मनका रहरहरु मेरो आफ्नै जस्तो ठानी
आफ्नो मनमा रहरहरु साँच्नलाई नै बिर्सिएछु।

जिन्दगीका सारा कुरा तिम्रै लागि अर्पिएर
आज मैले आफ्नैलागि बाँच्नलाई नै बिर्सिएछु।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।