Sunday, October 16, 2011

''गजल''

सुवास श्रेष्ठ गोरखा

सँगै हिड्नु पर्ने बेला छुट्ने कुरा नगर्नु है
आफ्नै हाँसो अनि खुसी लुट्ने कुरा नगर्नु है।

टुक्रिएको मुटुलाई मायाले नै जोड्नु पर्छ
सिसा जस्तै चर्किएर फुट्ने कुरा नगर्नु है।

दु:ख सुख जे भए नि सँग सँगै बाँड्नुपर्छ
हलो अड्काई गोरुलाई चुट्ने कुरा नगर्नु है।

आफ्नो बैरी को हो भन्ने राम्रोसँग चिन्नुपर्छ
आफ्नो छोडी बैरीसँग जुट्ने कुरा नगर्नु है।

सधैभरि अन्धविश्वास कुराकोनै पछि लागि
जन्मदैमा कर्म फुट्ने टुट्ने कुरा नगर्नु है।

समयको गतिसँगै चल्ने बानी गर्नुपर्छ
दिनमा सुत्दै रातभरि उठ्ने कुरा नगर्नु है।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।