Saturday, October 15, 2011

''गजल''

नबराज बुढा 'नबिन उदासी'

उकालो ओरालो गर्दै यहाँ सम्म आएँ
आँधी बेहरी सँग, लड्दै यहाँ सम्म आएँ ।

नयनका बिम्ब ति दृष्यहरु बोकेर आज
दु:ख पिडा सबै, बिर्सदैँ यहाँ सम्म आएँ।

रसाउँदा यि नयनहरु भिजाउँदै यी परेला
खोला नाला जँघार, तर्दै यहाँ सम्म आएँ।

सुनौला बाला मनमा झुल्दा डाली-डाली
प्रकृती सँग सुकेर, झर्दै यहाँ सम्म आएँ।

गन्तब्य बिहिन यी लक्षित पाइलाहरुमा
सकी नसकी दुर, सर्दै यहाँ सम्म आएँ।

खाली हुँदा आत्मा शुन्य छन जताततै
दु:ख एक्लै बेचैन, पर्दै यहाँ सम्म आएँ।

नबराज बुढा 'नबिन उदासी'
मलेशिया।

2 comments:

  1. धन्याबाद, सुबाश सर मेरेा गजललाइ स्थान दिनु भएकेामा।

    ReplyDelete
  2. गजल पठाउनु भएकोमा हजुरलाई पनि धेरै धेरै धन्यवाद।

    ReplyDelete

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।