Friday, October 21, 2011

''गजल''

सुवास श्रेष्ठ गोरखा।

तिम्रो साथ छोड्नु पनि सायद उसको हित थियो
हुनसक्छ त्यही हित नै उसको लागि जीत थियो।

जन्जिरले बाँधिएको सिमा तोड्न सकेनन् कि
मायापनि सिमा तोक्ने त्यो समाजको रित थियो।

रुँदा पनि संगीत बन्ने आजकालको जमानामा
तिम्रो चित्कार पनि सायद मात्र यौटा गीत थियो।

बिहानीको मिर्मिरेमा खोज्ने कोसिस् गरेनौ कि
घाम लाग्दा सुक्ने सायद त्यो त थोपा शीत थियो।

यति राम्रो फूलले पनि उसको मन नतान्दा त
यस्तो लाग्छ पहिल्यै देखि अन्तै प्रभावित थियो।

एउटै कुरा मनमा राखी सधै चिन्तित हुनु भन्दा
वर्तमानमा रम्न सिक त्यो त तिम्रो अतित थियो।

3 comments:

  1. सुबाश जी का गजलहरु सुन्दर हुन्छन , यो पनी एक हो ,

    ReplyDelete
  2. सुबाश जी का प्राय गजल हरु सुन्दर हुन्छन ति मध्य यो पनी सुन्दर गजल लाग्यो

    ReplyDelete

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।