Saturday, December 24, 2011

''गजल''

सुबास श्रेष्ठ

हामी हिड्दा बाटो छेक्ने तारहरु तोड्दै जाउँला
यो मायाको फूलबारीका झारहरु गोड्दै जाउँला।

दु:ख कष्ट जे परे पनि हाम्रो साथ छुट्नु हुन्न
कठिन भए जिन्दगीका धारहरु मोड्दै जाउँला।

घाम छाँया सुख दुःख जे आए नि साथै हुँदा
सुख साँची दुःखका ती सारहरु छोड्दै जाउँला।

बेमौकामा कौडीपनि छोड्नु हुन्न भन्छन् सबै
मौका पर्दा हिराका ती हारहरु फोड्दै जाउँला।

जिन्दगीको गोरेटोमा हिड्दा हिद्डै थकान बढे
यात्रा गर्न मोटर गाडी कारहरु जोड्दै जाउँला।।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।