Saturday, December 24, 2011

''गजल''

सुबास श्रेष्ठ


त्यो फूलले तिमीलाई कति माया गर्छु भन्छ
बोट छोडी बरु आजै तिम्रै दिलमा सर्छु भन्छ।

तिमी बिना एक्लो भई तड्पिएर बाँच्नु पर्दा
भेट्न आउँन हाँगाबाट आफै भुईमा झर्छु भन्छ।

आफ्नो मन मुटु सबै रित्याएर भए पनि
जिन्दगीभर तिम्रो मनमा हाँसोखुसी भर्छु भन्छ।

यही माटोमा रमाएर फुल्नु पर्ने फूल हेर
तिम्रो साथ पाए यदि सागर पनि तर्छु भन्छ।

संसार भरि खुसी छर्दे फक्रिएर फूल्दा पनि
तिमी बिना बाँच्नुभन्दा ओईलाएर मर्छु भन्छ।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।