Monday, December 26, 2011

''गजल''

सुबास श्रेष्ठ

तिम्रो हाँसो खुसी देख्न आफ्नै खुसी मारीदिएँ
गाउँ समाज घरपरिवार सबको कुरा टारीदिएँ।

माया भन्नु तिम्रो लागि खेल जस्तै भएपनि
सधै भरि मैले तिम्रो कुरा माथि पारीदिएँ।

खेल खेल्दा कुनै यौटा निष्कर्ष त आउनै थियो
त्यसको सबै जिम्मेदारी तिमी तिरै सारीदिएँ।

तिम्रो हारमा आँसु झर्दा मन दुख्ने त मेरोनै हो
त्यसैले त जानी जानी म आफैले हारीदिएँ।

तिम्रो हाँसो खुसी भन्नु मेरो आफ्नै सोचेर नै
आफ्नो मनका खुसीयाली खोलापारी तारीदिएँ।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।