Wednesday, December 28, 2011

''गजल''

सुबास श्रेष्ठ

साँचो माया कस्तो हुन्छ टुटेपछि थाहा पाएँ
बल्ल आज उनको साथ छुटेपछि थाहा पाएँ।

हाँस्दै खेल्दै रमाउँदै उनकै हात समाउँदै थेँ
सपना पो रैछ त्यो त उठेपछि थाहा पाएँ।

विछोडमा आँसुझारी मान्छे किन रुन्छ भन्थेँ
बिनाकारण आफ्नै माया लुटेपछि थाहा पाएँ।

दु:ख गरी खेर गए कस्तो हुन्छ भन्ने कुरा
आफ्नै बाली असिनाले चुटेपछि थाहा पाएँ।

गाउँ समाज घरपरिवार बिग्रिनुको कारणपनि
आफन्तनै एक आपसमा फुटेपछि थाहा पाएँ।

म जस्तो त यो संसारमा अरु पनि धेरै रैछ
सबै मान्छे एकै ठाउँमा जुटेपछि थाहा पाएँ।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।