Thursday, April 28, 2011

''गजल''

मैले गर्दा तिमीलाई कतै अफ्ठेरो पो पर्ने होकी
तिम्रो मनका खुसीयाली अन्तै डेरा सर्ने होकी।

आजसम्म बाँचेकोछु तिम्रो माया मनमा साँची
त्यही माया आँखा बाट आँसु बनि झर्ने होकी।

सोच्ने गर्छु कहिलेकाही मनमा कुरा खेलाउँदै
हाम्रो बारे दुँनियाले अनेक हल्ला गर्ने होकी।

माया गर्नु पाप रैछ अन्धविश्वास यो समाजमा
त्यसैले त माया गर्दा विकृति पो छर्ने होकी।

जे भएनी नसोच है यो समाजलाई छोड्ने कुरा
छोड्नु भन्दा सबको मनमा चेतनाले भर्ने होकी।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।