Saturday, April 16, 2011

घायलको तरही मुसायरा ''भाग-६''

आफै सँग आफै हार्ने गजल अब लेख्दिन भो

आफन्तनै टाढा पार्ने गजल अब लेख्दिन भो।


यसै पनि परदेशमा एक्लै तड्पी बस्दैछु म

मुग्लानीको पीडा खार्ने गजल अब लेख्दिन भो।


रात त्यसै बित्न थाले सम्झनामा बस्दा बस्दै

अझै भोक पनि टार्ने गजल अब लेख्दिन भो।


बल्ल तल्ल सम्हाल्दै छु विछोडको पीडालाई

आँखाबाट आँसु झार्ने गजल अब लेख्दिन भो।


दु:ख पीडा बिर्सिएर बाँच्ने कोशिस् गर्दैछु म

हाँसो खुसी टाढा सार्ने गजल अब लेख्दिन भो।


सुवाश श्रेष्ठ गोरखा नेपाल

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।