Thursday, April 14, 2011

ग़ज़ल -नयाँ बर्ष आऊ


नेपालीको खुशी बोकी,हँसाउँदै नयाँ बर्ष आऊ
प्रगतिको सुमार्गमा, नचाउँदै नयाँ बर्ष आऊ

बिहानीको लालीसँगै,लुकामारी खेल्दै खेल्दै तिमी
सत्कर्म त्यो मन भरि,खसाउँदै नयाँ बर्ष आऊ

पहरामा फूल्नु तिमी,लहरामा झुल्दै भए पनि
देशको कानून दर्‍हो बनाइ,कसाउँदै नयाँ बर्ष आऊ

धारा खोल्दा पानी झार्दै,अध्यारोमा बत्ती बाली दिंदै
गाउँ बस्ती ज्ञानको ज्योति पसाउँदै नयाँ बर्ष आऊ

मेचीकाली जातीभाषा,आपसमा लड्नु हुन्न भन्दै
"प्रयास" गर्दै चोखो नाता गसाउँदै नयाँ बर्ष आऊ

इन्दिरा प्रयास -इजरायल

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।