Thursday, July 8, 2010

''गज़ल''

हल्लै हल्ला पछि पछि, किन लाग्छ मान्छे,
दु:ख देखि टाढा टाढा, किन भाग्छ मान्छे ।

काम पर्दा दिन भरि, सुते जस्तो गर्ने,
बिना काम राती पनि, किन जाग्छ मान्छे ।

कहाँ फुल्छ फूल मात्रै, डाली बोट 
बिना,
तर पनि फूल मात्र, किन ताक्छ मान्छे ।

मुखले भन्छ आकाश,को चन्द्रमा छुने
दुई पाईला हिड्दैमा, किन थाक्छ मान्छे ।

धर्म कर्म गर्ने भन्दै, ढुंगा पुज्दै हिड्छन् ,
काम छोडी सुख मात्रै ,किन माग्छ मान्छे ।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।