Friday, July 9, 2010

''गजल''

जति साथी भेटे पनि, मन्मा उनी एउटा हुन्छ 
मन भित्र बस्ने मान्छे, आफ्ना लागि देउता हुन्छ।

ताल सरि संगालेको, मुटु भरि उनको माया
ताल सुकी गए पनि, बाँकी थोरै लेउ त हुन्छ । 

उनलाई भेट्ने आशै, आशमा वर्ष दिन बिते
आशा टुटी गए पनि, बाँकी सानो छेउ त हुन्छ । 

उनलाई भेट्न फर्की ,आउँछु टाढा भए पनि 
बिर्से पनि जाने बाटो, खोज्ने कुनै भेउ त हुन्छ । 

जति साथी भेटे पनि, मन्मा उनी एउटा हुन्छ 
मन भित्र बस्ने मान्छे, आफ्ना लागि देउता हुन्छ।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।