Sunday, August 1, 2010

''गीत''

मलाइ बिर्सि गएपनि नबिर्सनु मेरो गीत
मरे पनि मेरो जीवन मर्ने छैन हाम्रो प्रीत।

लेख्दैछु म तिम्रो नाममा एउटा गीत आज
सम्हालेर राख्न्नु यसलाई कलेजीको माझ।
बिहानीको घाम सँगै सुकि गए पनि शीत
अजम्बरी हुन्छ सधै मर्ने छैन हाम्रो प्रीत।

जादैछु म धेरै टाढा कहिल्यै नफर्कने गरि
हाँसी खुशी बाँच्नु सधै सारा जीवन भरि।
जिन्दगीमा हारे मैले भयो तिम्रो जीत
बिर्सेपनि माया मेरो नबिर्सनु मेरो गीत।

मलाइ बिर्सि गएपनि नबिर्सनु मेरो गीत
मरे पनि मेरो जीवन मर्ने छैन हाम्रो प्रीत।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।