Sunday, August 8, 2010

''गजल''

कति दिन बाँच्नु मैले मनमा पिर बोकी 
पिरै पिरमा बाँच्नु पर्ने मैले मात्रै होकी।।

सबै देख्छु हाँसी खुशी मलाई मात्र पिर
सकिदैन हाँसी हिड्न मनको व्यथा रोकी।।

पराई भए आफ्ना सबै थला परे पछि
चल्न छाडे हात गोडा बढ्न थाले खोकी।।

समयले नेटो काट्यो बाँच्दिनकी अब 
लाग्छ अहिल्यै मर्नु जस्तो आफ्नै मुटु टोकी।।

भनिदिए हुन्थ्यो कोही कहिले सम्म बाँच्छु
बस्ने थिएँ बरु आफ्नै मर्ने दिन तोकी।।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।