Monday, August 9, 2010

''गजल''

घरमा खाने नुन छैन तिमी जूनको कुरा गर्छौ
पानी ओत्ने छानो छैन पोत्ने चूनको कुरा गर्छौ।

फाटी सके कपडा पनि चल्दैन कि यो वर्षलाई
सिउने सियो छैन यहाँ तिमी सुनको कुरा गर्छौ।

जिन्दगी भर साथ दिने साथी प्रति माया छैन 
छोडी जाने निष्ठुरीलाई सधै उनको कुरा गर्छौ।

रगतको नाता होईन नयाँ साईनो जोड्ने भन्दा
तिमी सधै उही पुरानो मात्र खुनको कुरा गर्छौ।

जतिसुकै जे भने नि आखिर छोडी गयो उनले
तर तिमी सधै त्यही एउटै गुनको कुरा गर्छौ।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।