Thursday, August 12, 2010

''गजल''

हरियाली हुन्छु भन्दा बिना पातको डाली भएँ
स्वच्छ नदी बन्छु भन्दा फोहोर बग्ने नाली भएँ।

 सोचेको थें तिम्रो जीवन हराभरा पार्छु भन्दै
थाहै नपाई आज आफै रित्तिएको थाली भएँ।

 फूल बनि तिम्रो मनको बगैंचामा फुल्छु भन्दा
बिना वर्षा ओईलिएर भुई झरेको बाली भएँ।

 वाचा कसम खाएको थे सारा खुशी दिन्छु भनि
अधूरो भो वाचा कसम आज झूटो जाली भएँ।

यो मायाको खेल जिती तिम्रो ताली पाउँछु भन्थे
तर आज आफै तिम्रो जीतमा बज्ने ताली भएँ ।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।