Friday, September 10, 2010

''गीत''

फक्रिएको फूल छोडी काँडासँग रमाउँनेलाई,
किन पर्खि बस्नु मैले अर्कै हात समाउँनेलाई।

म कसरी काँध थाप्नु भीरको बाटो रोजेपछि,
दु:ख छोडी सधै भरि सुख मात्रै खोजे पछि।
सँगै यात्रा गरौ भन्दा हात खुट्टा कमाउँनेलाई,
किन पर्खि बस्नु मैले अर्कै हात समाउँनेलाई।

भनेकाथ्यौ जिन्दगी भर तिमीलाई साथ दिन्छु,
हाँसो आँसु जे भए नि आधी आधी बाँडी लिन्छु।
हाँसो जति आफु लिई आँसु मात्र थमाउँनेलाई,
अब किन पर्खि बस्नु अर्कै सँग रमाउँनेलाई ।

फक्रिएको फूल छोडी काँडासँग रमाउँनेलाई,
किन पर्खि बस्नु मैले अर्कै हात समाउँनेलाई।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।