Friday, September 10, 2010

''गजल''

मेरो यौटा साथीले तिमीलाई मन पराएछन्
नजिक आई माया गर्छु भन्न पनि डराएछन्।

मुखले भन्न नसकेर चिठी पनि लेखेको रे
तर चिठी बिच बाटोमै कति बेला हराएछन्।

टोलाउदै तिम्रो घरको बाटो तिरै जाँदैथ्यो रे
तिम्रो बाबा बाहिर आई चर्किएर कराएछन्।

कति विन्ती गरेको रे तिमीलाई भेट्छु भन्दै
उल्टै फर्कि आफ्नै बाटो आउन बाध्य गराएछन्।

तिम्रो माया पाउँछु भन्दै तड्पिएर बस्थ्यो सधै
माया दिने बहानामा उल्टै बसाई सराएछन् ।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।