Friday, September 10, 2010

''गजल''

राष्ट्रघाती नेतालाई सिमापारी कटाउँ अब
झिटीझाम्टो कुम्लो पारी उतैतिर पठाउँ अब।

खाएकाछन् तलब भत्ता गर्ने चाही केही हैन
बिना काम् को नेतालाई आउ धूलो चटाउँ अब।

रोएकाछन् सुस्ता बासी मिचिदैछ देशको सिमा
नेपालको रक्षा गर्न सिमा तिरै खटाउँ अब।

कति मान्छे बाँचेकाछन् रोग भोकले तड्पिएर
कुर्ची मात्रै ओगट्नेलाई सबै मिली हटाउँ अब।

आउ साथी हात समाउ सँग सँगै अघि बढ्न
अब पालो युवाको हो बुढो नेता घटाउँ अब।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।