Friday, September 10, 2010

''गजल''

अँधेरोमा आफ्नै छाँया पनि साथ छोड्छ किन?
दु:ख पर्दा आफ्नै माया पनि बाटो मोड्छ किन?

आफन्त नि टाढा हुन्छ आफुसँग हुदाँ सम्म
साथ रित्तो भए पछि अनि हात जोड्छ किन?

कस्लाई चासो छ र यहाँ अरुको कुरा सुन्ने
सबैलाई आफु मात्रै अघि बढ्न होड्छ किन?

दु:ख गर्न डराएर सुख खोज्दै हिड्छन् मान्छे
भाग्यलाई दोष दिदै आफ्नै शिर फोड्छ किन?

धर्म कर्म गर्ने भन्दै मुर्ती पूजा गर्दै हिड्छन्
दु:ख परे मान्छेहरु त्यहि मुर्ती तोड्छ किन?

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।