Friday, September 10, 2010

''गजल''

सँगै यात्रा गरौ भन्दा अन्तै बाटो मोडेपछि
किन फर्की आयौ अर्कै सँग नाता जोडेपछि।

तिमीलाई साथ दिन्छु मुटु भित्र बास दिन्छु
भन्दा पनि नसुनेर अर्कै घुम्टो ओडेपछि।

के नै अर्थ हुन्छ अब मरे पछि औषधीको
आँसु झारी रुनु किन पहिले नाता तोडेपछि।

भनेकै हो फूल बनि फुल्छु तिम्रो बगैंचामा
के गर्नु त फूल छोडी काँडा मात्रै गोडेपछि।

विगत् का ति पीडाहरु बल्झाउन आयौ किन
सम्हालिन खोज्दै थिए तिम्ले साथ छोडेपछि।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।