Friday, September 10, 2010

''गजल''

सधै भरि सोचीरहन्छु जब हुन्छु एक्लै राती
मान्छे सबै उस्तै लाग्छ तर किन अनेक जाती.

जन्मिएका माटो एउटै यात्रा गर्ने बाटो पनि
तर पनि नाम राख्छन् अनेकका यी नानाभाती

रुप जस्तो भए पनि सबको रगत रातो नै हो
तर कोही सच्चा मित्र कोही किन विश्रासघाती।

नहुने लाई साथ दिई सँगै बाँच्नु पर्छ भन्दा
हुँदा मात्रै मान्छेहरु पछि पछि लाग्छन् ताती।

कस्लाई सोध्नु अब मैले सोच्न पनि सकिएन
सोच्दा सोच्दै कहिलेकाही चर्किएर दुख्छ छाती।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।