Friday, September 10, 2010

''गजल''

भन्ने गर्थे बुढापाका सास भए आश हुन्छ 
आश लिई अघि बढ्दा दोबाटोमा बास हुन्छ।

दु:ख सँग दु:ख साट्न सुख खोज्दै हिडेकोथें
हिड्दा खेरि दु:ख माथि झनै दु:ख रास हुन्छ।

ढिलो चाँडो जे भए नि मर्नै पर्छ कुनै दिन त
बाँचुन्जेल राम्रो गर्न खोज्दा उल्टै विनाश हुन्छ।

जिन्दगीभर सँगै यात्रा गर्छु भन्ने मान्छेले नै
बिच बाटोमै छोडेपछि यो मन् त्यसै निराश हुन्छ।

जसोतसो एक्लो जीवन यात्रा अघि बढाउदैछु
थाहा छैन कहाँ पुगी यो जिन्दगी लाश हुन्छ।

No comments:

Post a Comment

कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा विषयगत कुराहरु मात्रै लेख्नुहोला। अन्यथा तपाईँको प्रतिकृया प्रकाशित नहुन पनि सक्छ। अनि प्रतिकृया मोडेरेशन पश्चात मात्रै देखिने हुदाँ आफूले लेखेको प्रतिकृया देखिएन भनेर फेरी दोहोर्याएर कमेन्ट गर्नुपर्ने जरुरी छैन।